२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १ हजार ६२ जनाले जिते कोरोना



अ+ अ-

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १ हजार ६२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । निको हुनेको यो संख्या ७१.५ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३५६२, प्रदेश २ मा ११ हजार ९६, बागमती प्रदेशमा ८,३९२ गण्डकी प्रदेशमा २३४५, प्रदेश नं ५ मा ६,६७७, कर्णाली प्रदेशमा २५३१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३५ जना गरी हालसम्म जम्मा ४० हजार ६३८ जना निको भएका हुन् ।