२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मंगलबारको मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङ्गसहित वर्षा



अ+ अ-

काठमाडौं । हाल  मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। जसले देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भइरहेको छ।

मंगलबार दिउँसो देशभर  सामान्यतया  बदली   रही  केही   स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २ ,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।