काठमाडौ। कोरोना कहर सुरु भएसँगै गत चैत्र पहिलो साताबाट बन्द भएको लामो दुरीको अन्तर जिल्ला यातायात र हवाई सेवा सुचारु हुने भएको छ ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठक असोज ५ गतेबाट सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायीहरूले सरकारले अनुमति नदिए पनि असाेज १ गतेदेखि लामाे दूरीकाे यातायात संचालन गर्ने चेतावनी दिएका थिए । यस्तै हवाइ क्षेत्रका व्यवसायीले पनि व्यवसाय नै जाेखिममा पर्ने अवस्था सिर्जना भएकाे जनाउँदै हवाइ क्षेत्र खुकुलाे बनाउन माग गरेका थिए ।












