काठमाडौ । मन्त्रीपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्री परिषद्को बैठकले गौतमलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको हो ।
यसअघि प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई विभिन्न उपायबाट संसदमा प्रवेश गराउने. प्रयास भएपनि सम्भव नभएपछि विज्ञका रुपमा राष्ट्रियसभामा मनोनित गरी संसदमा प्रवेश गराउन लागिएको हो । गत भदौ १८ गते बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउन निर्णय गरेको थियो ।












