२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथलाई बुंगमती लगियो



अ+ अ-

काठमाडौ ।  वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । आज विहान साइतमा पुजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मछिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुंगमती लगिएको हो ।

गत बैशाखमै बुंगमती लग्नुपर्ने भएपनि कोरोना महामारीका कारण अन्यौल बनेको थियो । कोरोनाकै कारण यो वर्ष भोटो पनि देखाइएन । विगतमा भोटो नदेखाएर मछिन्द्रनाथलाई बुंगमती लगिएको इतिहास नभएको जानकारहरु बताउँछन । कोरोना भाइरसले यस पटकको मछिन्द्रनाथको रथजात्रा प्रभावित बन्यो ।

कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण जात्रा हुने नहुने अन्यौल थियो । अन्यौलकै बीच केही दिनअघि स्थानीय युवाहरुले जवरजस्ती पुल्चोकबाट रथ तान्न खोज्दा झडप समेत भएको थियो । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका बेला युवाहरुले जवरजस्ती रथ तान्न खोजेपछि झडप भएको थियो । प्रशासनले त्यस क्षेत्रमा एक दिन कफ्र्यु आदेश समेत जारी गरेको थियो ।

अवस्था असहज बन्ने देखिएपछि सरोकारवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए । सोही अनुसार आज बुंगमती लगिएको हो । विगत वर्षहरुमा लगनखेलको इटीटोलबाट तानेको चोथो दिनमा भोटो देखाएर मात्रै बंगमती लग्ने प्रचलन भएपनि यो पटक भने सम्भव भएन । उपत्यकामा दिनदिनै बढीरहेको कोरोना संक्रमणको जोखिमका कारण यसपटक भोटोजात्रा नै नगरी रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो ।

मछिन्द्रनाथलाई बुंगमती फिर्ता लग्ने दिन राष्ट्रपति लगायतका विशिष्ट अधिकारीहरु जात्रा अवलोकनका लागि गरेको भएपनि यो वर्ष सम्भव भएन । बुंगमतीबासीहरु रातो मछिन्द्रनाथलाई स्वागत गर्न ठूलो संख्यामा भेला भएका थिए । यसअघि साउन १० गते मछिन्द्रनाथलाई तबहालबाट पुल्चोक पु¥याएर त्यहँ रथारोहण गरिएको थियो । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटनमै रहे ।