२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बाल अधिकारको कामलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले गरिब र असहाय बालबालिकाको अधिकार हनन् हुन नदिन ‘सडक बालबालिका मुक्त राष्ट्र’ निर्माण अभियानलाई तीव्रता दिइएको बताए। 

शुभकामना सन्देशमा भनिएको छ, “बालबालिकामाथि हुने सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ, बाल हिंसाका घटनामा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न सरकार प्रतिबद्ध छ, बाल अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबीच बलियो सहकार्यका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।” बालबालिकासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घको महासन्धि, इच्छाधीन आलेखहरु, अन्तर्राष्ट्रिय घोषणा र सार्कस्तरीय घोषणाहरु गरी १६ वटाभन्दा बढी अन्तर्राष्ट्रिय सन्धिहरु नेपालले अनुमोदन गरी कार्यान्वयन गरिरहेको मन्त्री गुरुङको भनाइ छ ।

सन्देशमा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी गरी उनीहरुलाई सक्षम नागरिक बनाउन आवश्यक लगानीको प्रबन्ध सरकारले गर्दै आएको भनिएको छ । मन्त्री गुरुङले बालबालिकाको विषय सरकारको मात्र नभई हरेक नागरिकको सरोकारको विषय भएकाले उनीहरुको हक अधिकार सुनिश्चित हुने गरी थप जिम्मेवारी, प्रतिबद्धता र क्रियाशीलताका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक आह्वान गरेका छन् ।  

“कोभिड–१९ ले सिर्जित विषम परिस्थितका कारण बालबालिका ‘डिजिटल दुव्र्यसन’ मा फस्ने अवस्था आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहन म शिक्षक, अभिभावकलगायत सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु, यस अवसरमा बाल अधिकार सुनिश्चिित भएको बालमैत्री समाज निर्माणको दिशातर्फ उन्मुख हुन हामी सबैलाई थप ऊर्जा प्राप्तहोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । 

आज ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ । यस अवसरमा बाल अधिकार हनन् हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिमा पनि विशेष सावधानी अपनाउँदै बाल अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरु, निजी क्षेत्र, नागरिक समाजका अगुवालगायत सबैप्रति मन्त्री गुरुङले धन्यवादसमेत व्यक्त गरेका छन्।