२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देहीमा ४७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

तिलोत्तमा । रूपन्देहीमा सोमबार बिहान कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु, शिवराज नगरपालिका–५ की रूपन्देहीमा ४७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्युमहिलाको बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डायलसिस गराइरहेकी उनलाई खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगी पीसीआर जाँच गरिएको थियो ।

त्यसपछि भदौ २१ गते कोरोना विशेष अस्पताल भर्ना भएकी उनका दुवै मृगौलाले काम गर्न छाडेको र श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको थापाले बताए । अस्पतालमा अहिले १७ संक्रमित आईसीयूमा उपचाररत छन् । उक्त अस्पतालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १४ पुगेको छ ।