काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा पहिरोका कारण ज्यान गुमाएका २ जनाको सनाखत भएको छ । पहिरोका कारण भीरखर्कमा जुनु बिकसहित ३ जनाको मृत्यु भएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले जानकारी दिईन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डिएसपी) प्रकाश सापकोटाका अनुसार नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्क बिकटोलकी २३ वर्षिया जुनु बिकको शव पहिचान भएको हो ।
स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा १७ जना बेपत्ता भएको अनुमान गरिएको छ। पहिरोमा पुरिएका परिवारका कोहि पनि सम्पर्कमा नआएकाले कति बेपत्ता भन्ने एकिन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको सापकोटाको भनाइ छ।












