२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षद्वयले पेश गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत पारित, चैत्र २५ देखि ३० सम्म महाधिवेशन



अ+ अ-

काठमाडौं । असार १० गतेदेखि सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको छ ।

विभिन्न आरोह अवरोह पार गर्दै बैठक शुक्रबार सम्मतिमा अन्त्य भएको हो ।  बैठकले कात्तिक १५ देखि १७ गतेसम्म सम्म केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ । यसैगरी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष दाहालले पार्टी सञ्चालन गर्ने, सरकारको काम कारबाहीलाई पार्टीले सहजीकरण गर्ने, महत्वपूर्ण निर्णयहरु गर्नुपर्दा सचिवालयसँग परामर्श गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अमेरिकी सहयाेग कर्पाेरेसन (एमसीसी)लाई बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा परिमार्जन सहित पारित गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेकामा सरकारलाई विशेष धन्यवाद समेत दिएको छ भने पार्टी भित्रको समस्या र तिनको पहिचान गरी समाधान खोज्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई स्वीकार गर्दै विशेष धन्यवाद दिएको छ ।

याे पनि पढाैं