काठमाडौ । अत्यन्त संयमित र अनुशासित जीवनशैली अपनाएर घरमै बस्दा पनि , शायद मानवजातिलाई सखाप पार्न आएको , दुष्ट कोरोनाले डसेरै छोड़्यो । तर शुभेच्छु र मान्यजनहरूको शुभेच्छा र आशीर्वाद तथा दक्ष चिकित्सकहरूको सहयोगले गर्दा पूर्ण स्वस्थ्य भै अस्पतालबाट फर्किएको छु । कुनै लक्षण प्रकट नभए पनि आशंकाको भरमा कसैले स्टार र कसैले ह्याम्स परिक्षण गराउदा श्रीमती ज्ञानु र छोरी डा।ओजस्वीसहित मेरो स्तब्धकारी नतीजा आएपछि घरमै आइसोलेसनको विधि अनुरूप वसेकोमा तीन दिनपछि अस्पताल जानु पर्ने बिवशता आयो ।अनि पुगें ( कोविडको उपचारमा समर्पित र सुविधाजनक अस्पतालको रूपमा चर्चित ए पी एफको हस्पीटलको शरणमा ।
त्यहॉ प्रवेश गरेदेखि अन्त्यसम्म दक्ष चिकित्सकहरुको निगरानी , अनुगमन र सेवाको परिणाम ११ औं दिन बल्ल कोरोना भाग्यो ।८दिन अस्पताल वसेर ‘कोरोना मुक्त ‘ को प्रमाणपत्र लिएर आएँ ।
ज्ञानु र ओजस्वी अझै त्यहीं छन् । उनीहरूको स्वास्थ्य सुधोरोन्मुख छ । उनीहरू पनि छिट्टै “कोरोना( मुक्त” घोषित हुने क्रममा छन् ।उनीहरूको प्रतीक्षामा छु । कोरोना संक्रमणको पुष्टी यताको समय अत्यन्त तनावपूर्ण एबम् मानसिक र शारीरिक दृष्टिले कष्टयुक्त रह्यो । तत्कालै अस्पताल उपलब्ध गराइ सहयोग गर्नु भएकोमा ए पी एफका महानिरीक्षक शैलेन्द्र खनाललाई हार्दिक धन्यवाद छ ।
त्यस्तै, डा.प्रबीण नेपाल , डा . रोशन पराजुली, डा. कौशल लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहयोग, सेवा तथा सह्रृदयी ब्यवहार यो सुखद परिणामको मुख्य कारक हो । डा। आर पी मा रहेजस्तो बिरामीलाई स्वस्थ र आशावादी महसुस गराउने कौशल तथा आत्मीय ब्यवहार प्राय अन्त पाइन्न । उहॉहरू सवैलाई धन्यवाद छ ।तनाव र संघर्षको यो जटिल क्षणमा शुभेच्छा र आशीर्वाद दिएर मनोबल र शक्ति उच्च पारिदिनु हुने सम्पूर्ण मान्यजन तथा शुभेच्छुहरूमा आभार ब्यक्त गर्दछु ।












