२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी समिति बैठक बस्दै , प्रतिवेदनमाथि ‘नोट अफ डिसेन्ट’ लेख्ने नेपाल पक्षको तयारी



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आज शुक्रबार ११ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्दैछ । असार १० गते सुरु भएको बैठक शक्ति संर्घषका कारण पटक पटक स्थगित हुँदै आएको थियो ।  

आजको बैठकमा यसअघि नै तय भएका कार्यसूची सहित महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन र प्रतिवेदनमाथि अध्यक्षद्वयले बनाउनु भएको साझा धारणामाथि स्थायी समितिका सदस्यहरुले आआफनो धारणा राख्ने जनाइएको छ ।  

कार्यदलको प्रतिवेदन र अध्यक्षद्वयको प्रस्ताव प्रति असहमति जनाउनु भएका अर्का वरिष्ठ नेता माधव कुमार नेपालले भने 'नोट  अफ डिसेन्ट' लेख्ने तयारी गरिरहनु भएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।

दुई अध्यक्ष मिलेर आफूहरुलाई  उपेक्षा गरिएको भन्दै केपी ओलीसँग असन्तुष्ट रहनु भएका नेता नेपाल पछिल्लो समय पुष्पकमल दाहालसँग पनि असन्तुष्ट रहनु भएको छ ।  भरसक सम्मतिमै आजै बैठक सक्ने तयारी गरिएको भएपनि नेपाल समूहको असन्तुष्टिका कारण बैठक भोलिसम्ममा सक्ने तयारी भै रहेको जनाइएको छ ।