काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आज शुक्रबार ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । असार १० गते सुरु भएको बैठक शक्ति संर्घषका कारण पटक पटक स्थगित हुँदै आएको थियो ।
आजको बैठकमा यसअघि नै तय भएका कार्यसूची सहित महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन र प्रतिवेदनमाथि अध्यक्षद्वयले बनाउनु भएको साझा धारणामाथि स्थायी समितिका सदस्यहरुले आआफनो धारणा राख्ने जनाइएको छ ।
कार्यदलको प्रतिवेदन र अध्यक्षद्वयको प्रस्ताव प्रति असहमति जनाउनु भएका अर्का वरिष्ठ नेता माधव कुमार नेपालले भने 'नोट अफ डिसेन्ट' लेख्ने तयारी गरिरहनु भएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।
दुई अध्यक्ष मिलेर आफूहरुलाई उपेक्षा गरिएको भन्दै केपी ओलीसँग असन्तुष्ट रहनु भएका नेता नेपाल पछिल्लो समय पुष्पकमल दाहालसँग पनि असन्तुष्ट रहनु भएको छ । भरसक सम्मतिमै आजै बैठक सक्ने तयारी गरिएको भएपनि नेपाल समूहको असन्तुष्टिका कारण बैठक भोलिसम्ममा सक्ने तयारी भै रहेको जनाइएको छ ।












