चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै पुर्ण रुपमा रोकिएका छन् ।
नारायणघाट मुग्लिन बजारदेखी ५ किलोमिटर दक्षिणतर्फ पाँचकिल्लो भन्ने ठाँउमा पहिरो गएको र हाल सवारी साधन लगाएत पैदल यात्रीहरु समेत आवत जावत गर्न पुर्ण रुपमा रोकिएको भन्ने खबर प्रत्यक्षदर्शी सवारी चालक कैलाश क्याप्छाकी मगरले न्युजपोलारलाई बताए । चालक मगरका अनुसार पहिरो आज बिहान ७:४५ मा गएको थियो ।
घटना स्थलमा अहिले प्रहरीहरु आइसकेको र सडक खुलाउने प्रयास भइरहेको छ ।












