काठमाडौ । नायक पल शाह तथा गायक दुर्गेश थापा सहितको समुहले बाग्लुङ्ग ढोरपाटन नगरपालीका वडा नं ८ र ९ मा गएको बाढी पहिरो बाट पीडित बनेकाहरुका लागि राहत सामग्री बितरण गरेको छ । टोलीले राहत सामग्री सहित नगद ५०,००० र केहि स्टेसनरी सामाग्री पनि हस्तान्तरण गरेका छन् । कलाकारहरुको टोलीले राहत सामग्री ढोरपाटन नगरपालीकाका प्रमुख देब कुमार नेपाली संगै वडा नं ८ र ९ वडाअध्यक्षलाई सयुक्त रुपमा हस्तान्तरण गरेको नायक शाहले जनाउनु भयो ।
प्रभाबित क्षेमामाजानका असहज भए कारण तथा राहत बितरण एकद्वार प्रमाणी अन्तरगत मात्र बितरण गरिने भएका कारण पनि स्थानीय जनप्रतिनिधीहरु लाई हस्तान्तरण गरिएको जनाईएको छ । सम्भब भएसम्म पीडितहरु लाई भेट्ने योजना रहेको नायक शाहले जनाउनु भयो ।

राहत अभियानमा सहयोग गर्नुहुने इशा गुरुङ , जापान निगाताका दिपक सुनार , प्रबेश पौडेल, निर्देशक दिनेश राउत, अभियान श्रेष्ठ, सागर भुसाल लगायत सबै मनकारी हरुमा टोलीले हृदयदेखि नै धन्यवाद ब्यक्त गरेको छ । ।












