२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका सातै प्रदेशमा कोरोना महामारीको विषयलाई लिएर अन्तर्कियात्मक कार्यक्रम गर्न लागेको जनाएको छ। कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो।

उक्त समितिका संयोजक तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । उनको संयोजकत्वमा रहेको सो समितिले बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक साताव्यापी कार्यक्रम तय गरेको हो। उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा ‘कोरोना संक्रमणको सन्दर्भ र सरकारको भूमिका तथा हाम्रो दृष्टिकोण’ विषयकमा नेता, कार्येकर्तासँग छलफल तथा अन्तरक्रिया गरिने छ । कोरोनाले पारेको समस्या रा यसका अन्य विविध विषयहरुका बारेमा देशका सबै क्षेत्रका व्यक्तहरुसँग यो अन्तरक्रिया गर्न लागिएको डा महतले जानकारी दिए । 

उक्त समितिले प्रदेश नम्बर १ मा भदौ २७ गते, प्रदेश नम्बर २ मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते, गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश नम्बर ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते र सुदुरपश्चिम प्रदेशमा असोज २ गते कार्यक्रम गर्न लागिएको जनाएको छ।

सो समितिले कोरोना रोकथाम तथा नियन्त्रणबारे सरकारले गरिरहेका कामकारबाहीको कांग्रेसले अनुगमन गर्दै सुझावसमेत दिने गरेको छ। काँग्रेसको सो समितिले काठमाडौमा पनि हरेक हप्ताजस्तो विभिन्न क्षेत्र, समुदाय, बर्ग, पेशागत संघमहासंघ, उद्योगी व्यवसायी आदिसँग छलफल र अन्तरक्रिया गरेर उनीहरुका गुनासोहरु सुनेर ती व्यक्तिका पेशा र व्वयसायमा परेका समस्याहरुको बारेमा जानकारी लिने काम गरेको छ । उक्त अनुगमन समितिले यस विषयमा सरकारको ध्यानाकर्षण गराई आवश्यक सहयोग र समन्वयनका लागि दवाब दिँदै आएको छ ।