२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त- देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल गोष्ठीमा शीर्ष नेताहरूले सरकारले गरेको भ्रष्टाचार र अनियमिताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका हुन्।

नेताहरूले बिपी कोइरालाको विचार र उनले देखाएको बाटोअनुसारै संविधानसभाबाट नयाँ संविधान जारी भएको जिकिर गरे। नयाँ संविधान बिपी विचारको निचोड भएको बताउँदै त्यसको संरक्षण र कार्यान्वयनमा कांग्रेसले ध्यान दिनुपर्नेमा नेताहरूले जोड दिए।

कार्यक्रममा सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण निकै धेरै फैलिए पनि सरकारले आवश्यक तयारी गर्नुको साटो पैसा कमाउनतिर मात्र ध्यान दिएको आरोप लगाए। ‘यो सरकारले कोरोना रोकथामका लागि कुनै कामै गर्न सकेको छैन,’ उनले भने, ‘कोरोनाका नाममा पैसा उठाउने, कमाउने, भ्रष्टाचार गर्नेबाहेक सरकाले केही गर्न सकेन।’

ओली नेतृत्वको सरकारबाट प्रजातन्त्रमाथि खतरा रहेको धारणा राख्दै देउवाले प्रजातन्त्रका लागि राणा, पञ्चायत र राजा ज्ञानेन्द्रसँग लडेको कांग्रेसले फेरि एकपटक कम्युनिस्टसँग लड्नुपर्ने अवस्था आउन लागेको उल्लेख गर्दै तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिए। उनले कोरोना महामारीका कारण आसन्न महाधिवेशन पूर्वनिर्धारित समयमा आयोजना गर्न समस्या देखिएको बताए। पार्टीभित्र छलफल गरेर महाधिवेशनका विषयमा निर्णय लिने बताउँदै उनले भने, ‘सबै साथीले जे भन्नुहुन्छ, त्यही गर्न म तयार छु, गर्नुपर्ने भए कहिले गर्ने, सार्नुपर्ने भए कहिलेलाई सार्ने रु संविधानले दिएभन्दा बढी त बढाउन पाइँदैन।’ बिपी कोइराला सानो देशका ठूलो नेता भएको बताउँदै उनले संविधान र पार्टी विधानमा समावेशिता नलेखे पनि पार्टी र सरकारलाई समावेशीताको सिद्धान्तअनुसार अघि बढाएको स्मरण गरे।

नेता रामचन्द्र पौडेलले बिपी कोइरालाको विचार र बाटोअनुसारै कांग्रेस अघि बढेको दाबी गरे। उनले संविधानसभाबाट जारी संविधान बिपीको विचारको निचोड भएको जिकिर गरे। ‘यो कम्युनिस्ट संविधान पनि होइन, पञ्चायतको जस्तो संविधान पनि होइन,’ पौडेलले भने, ‘जनआन्दोलन र जनताको संघर्षपछि जनचाहनाअनुसार बनेको संविधान हो। हामीले यसको स्वामित्व लिएर अघि बढ्नुपर्छ।’ लोकतान्त्रिक संविधान बनाउन अहिलेका कम्युनिस्ट नेताहरूसँग पनि लडेको स्मरण गर्दै उनले अहिलेको परिवर्तनबाट पछि फकर्ने कुरा स्वीकार्य नहुने धारणा राखे। अहिलेको सरकारले भ्रष्टाचार रोक्नेभन्दा बाँडीचुडी खाने तर निमुखा र गरिब जनताले केही नपाउने अवस्था सिर्जना गरेको पौडेलले बताए। निमुखालाई कांग्रेसले मात्र न्यय गर्न सक्ने बताउँदै उनले कांग्रेस जनताको भरोसाको केन्द्र बन्न सक्नुपर्नेमा जोड दिए।

उपसभापति विमलेनद्र निधिले संघीयता, धर्मनिरपेक्षता, निर्वाचन प्रणाली, समावेशिता अहिलेको संविधानको मूल तŒव भएको बताउँदै कांग्रेस र बिपीको विचारअनुसार उक्त व्यवस्था गरिएको दाबी गरे। यसबाट कांग्रेस पछि हट्न नसक्ने तर्क उनले गरे। ‘समयको माग र चाहनाअनुसार नै बिपीको विचारलाई लिएर हामी अघि बढेका हौं। बीउ त्यही लिएपछि बोट अर्कै हुने कुरा हुँदैन।’ बिपीको एउटा समयको एउटा विचार र लेखलाई मात्र आधार बनाएर व्याख्या गर्न नहुने तर्क पनि उनले गरे।

कार्यक्रममा अर्का उपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूले धारणा राखेका थिए। कोरोनाको जोखिम बढेपछि कांग्रेस र उससँग आबद्ध विभिन्न संघसंस्थाले भर्चुअल माध्यमबाट दर्जनभन्दा बढी कार्यक्रम गरेका थिए। कांग्रेसले बिपी जयन्ती तीन दिनसम्म मनाउने निर्णय गरेको छ। नागरिक दैनिकमा समाचार छ