२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायीका गौरी मल्लको प्रधानमन्त्रीलाई सुझाब–हाँसो को हैन गर्वको पात्र बन्नुस !



अ+ अ-

काठमाडौ । लकडाउनको शुरुवात संगै भारत  बाट नेपाल भित्रिने नगरिकलाइ कैयौं दिन बोर्डरमा बिचल्ली बनाएर राखियो। कैयन नेपाली त लुकीलुकी हिंडेरै  भए पनि घर मै पुगेर मर्छौं भनेर हिडे पनि। कत्तिले धेरै ढिला आफ्नो घर परिवारको मुख हेर्न पाए।  त्यस समय  यत्ति सम्म भनियो नेपालमा भित्रेका कोरोना को संक्रमण सबै भारत बाटै आएको  हो।  सत्तामा टिक्न जे पनि बोल्न सकिन्छ।
आज  उनै नागरिक  आफ्नो ज्यान  जोखिममा राखेर भारत तर्फ़ जादैछन।यत्तिबेला चाहिं ती मधुर वाक्य कता हराए ? अरुलाई एउटा औंला  देखाउँदा आफु तिर अन्य ३ औंला फर्किरहेका हुन्छन भन्ने उखान यहाँ आएर चरितार्थ भएन र ?   हिजो  भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरुलाई  ए मेरा प्यारा  नेपाली नागरिकहरु , भारतमा कोरोना को प्रकोप बढ्दो छ ,नेपाल मै बस  जे गर्न पर्छ हामी गर्छौं  भनेर किन भन्न सकिरहेको छैन ? सम्माननीय प्रधानमन्त्री ज्यु ,  यो मेरो प्रश्न  यहाँलाई नै हो? तपाईंको नागरिकको हैसियतले यत्ति प्रश्न गर्ने अधिकार हुन पर्छ मलाई।  
कोरोनाको प्रकोप संगै नेपाल ले कमसे कम आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो।  नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो तर यी सब कुराहरु संग सरकारलाई  कुनै सरोकार नै रहेन छ भन्ने कुरा स्पष्ट  देखियो।  सम्माननीय प्रधानमन्त्रीज्यु , यहालाई आफुले बेला कुबेला बोल्नुभएका  वक्तब्य ट्रोल भैराख्दा रमाइलो गर्ने माध्यम  भैरहेको होला अथवा बानि पनि परिसकेको होला तर , हामी सर्वसाधारण लाइ साह्रै  लज्जाबोध हुन्छ किनकि हाम्रो मान्यता  जसलाई हामीले अत्यन्त विस्वास गरि देशकै शिर्षस्थानमा  राखेका छौं त्यो व्यक्तित्व हाँसो को हैन गर्वको पात्र बनोस्।

बिडम्बना , त्यस्तो दिन कमसे कम हाम्रो जीवनमा आउन सकेको छैन।   सम्माननीय प्रधानमन्त्रीज्यु  पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नु पर्यो। सानातिना जस्तो हुन्छ रोजगार दिन  तर्फ़ लाग्नु पर्यो।  आफ्ना नागरिकको दुख , समस्या , विपद  बेरोजगारीले निम्त्याएको मानसिक अवस्था संग भिज्नु पर्यो किनकि  समस्या जब सम्म आफ्नो बन्दैन त्यो  कहिले समाधान तर्फ़ बढ्दैन ।

 यो देश नै तपाईंको घर हो।  हामी जनता नै तपाईंका परिवार हौँ। यो कुरालाई आत्मसात गर्नुहोस।   आफ्नो परिवार छाडेर पलाएन हुने रहर कसैलाई  हुँदैन तर आज तपाईंका जनता जानीजानी आगोमा होम्मिन  जाँदैछन् , उनीहरुको जीवनको रक्षा  गर्ने कर्तव्य पनि  तपाईं कै हो।  सिंहदरबार र वालुवाटार भन्दा बाहिर पनि नेपाल छ यो कुरा नबिर्सी कार्य गर्नुहोला।  सम्माननीय प्रधानमन्त्रीज्युमा  मेरो अत्ति विनम्र याचना छ i