२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल गल्फ संघद्वारा सदभाव र राहुल सम्मानित



अ+ अ-

काठमाडौं। ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्मालाई नेपाल गल्फ संघले सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले व्यक्तिगततर्फ स्वर्ण विजेता सदभावलाई नगद ५० हजार प्रदान गरी सम्मान गरे । सदभाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन १९८८ को दोस्रो संस्करणदेखि नेपालले सहभागीता जानउँदै आएको थियो ।

बङ्गलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै सदभावले उपाधि जितेका थिए । सदभावले राहुल विश्वकर्मासँग मिलेर टिम तर्फको उपाधि पनि जिते। टिममा स्वर्ण जितेका सदभाव र राहुललाई जनही २५÷२५ हजार सहित सम्मान गरिएको छ । सदभावले कुल ७५ हजार प्राप्त गरे।

यसअघि सन् २०१८ मा शुक्रबहादुर राई र टंकबहादुर कार्कीले तथा सन् २०२२ मा सुवास तामाङ र सदभाव आचार्यले टिम तर्फ स्वर्ण जितेका थिए ।

चारदिने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।