काठमाडौ । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकामा सेना परिचालन गर्दे उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउन सरकारलाई आग्रह गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यका प्रबेश गर्ने नाकाहरु मा सेना परिचालन गरी कडाई गर्नुपर्ने र जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।
‘कोरोना संक्रमणको दर पनि नघटेको अबस्था तथा दैनिक श्रम गरेर खाने मध्यम र निम्न वर्गका ब्यक्ति माथी परेको समस्यालाई ध्यानमा राख्दै जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउन सुझाब दिएको हो ।
नगरपालिका फोरमले जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय समेत गरेको छ ।
बैठकले उपत्यकाका स्थानीय तहहरुले दिने सेवा पनि आवश्यकताअनुसार सुचारु गर्ने निर्णय गरेको छ । ‘भदौ २५ गतेदेखि नगरपालिका र वडाले दिने सेवालाई पनि आवश्यकता अनुसार सञ्चालन गर्दै लैजाने निर्णय समेत गरेको छ ।












