२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकामा सेना परिचालन गरेर कडाई गरौं–उपत्यकाका जनप्रतिनिधि



अ+ अ-

काठमाडौ । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकामा सेना परिचालन गर्दे उपत्यकाभित्र निषेधाज्ञा खुकुलो  बनाउन सरकारलाई आग्रह गरेको छ । 

ललितपुर महानगरपालिकाका मेयर  चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यका प्रबेश गर्ने नाकाहरु मा सेना परिचालन गरी कडाई गर्नुपर्ने र जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

‘कोरोना संक्रमणको दर पनि नघटेको  अबस्था तथा दैनिक श्रम गरेर खाने मध्यम र निम्न वर्गका ब्यक्ति माथी परेको समस्यालाई ध्यानमा राख्दै जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउन सुझाब दिएको हो ।

 नगरपालिका फोरमले  जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय समेत गरेको छ ।  

बैठकले उपत्यकाका स्थानीय तहहरुले दिने सेवा पनि आवश्यकताअनुसार सुचारु गर्ने निर्णय गरेको छ । ‘भदौ २५ गतेदेखि नगरपालिका र वडाले दिने सेवालाई पनि आवश्यकता अनुसार सञ्चालन गर्दै लैजाने निर्णय समेत गरेको छ ।