२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढको रुख गणना आउँदो मंसिरमा सक्ने निर्णय



अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको कामले तिब्रता लिएको छ । हाल सम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने सो क्षेत्रमा नदी नियन्त्रणका कामले पनि तिब्रता लिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश भट्टराईको अध्यक्षतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको मंगलबार बसेकाे बैठकमा सो प्रगति पेश गदै  आउँदो मंसिर मसान्त भित्र रुख तथा पोलहरुको लगत नम्वरीङकोे कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि यस समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने । साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय गरेको हो । 

त्यस्तै विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न  गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ । बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृयाका बाँकी कार्यहरु आगामी हप्ता दिन भित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निेर्देशन समेत दिएको छ । भने लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताब अन्तिम निर्णय लिने समेत निर्णय गरेको हो ।