२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडले म्यान्चेस्टर सिटिलाई हरायो



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनीस क्लब रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको प्लेअफ अन्तरगतको पहिलो लेगमा रियलले ईंग्लिश क्लब म्यान्चेस्टर सिटिलाई ३-२ गोलले हराएको हो ।

सिटिको घरेलुु मैदान इतिहाडमा रियलले पुनरागमन जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए ।

८० औं मिनेटमा हालाण्डले व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोल गर्दै सिटिलाई २-१ ले अघि बढाए । उनले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका हुन् ।

खेलको अन्त्यतिर रियल खेलमा फर्कियो । ८६ औं मिनेटमा ब्राहिम डियाजले तथा इन्जुरी समयमा जुड बेलिङहमले गोल गर्दै रियललाई ३-२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै रियलले दुई खेलको लेगमा अग्रता बनाएको छ । अब दोस्रो लेग फेब्रुअरी २० मा रियलको घरेलु मैदानमा हुनेछ ।