२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कालमा कवि अर्जुन पराजुलीका व्यंग्य बाँणहरु !



अ+ अ-

कविले के गर्छ ? यो प्रश्नको सहज जवाफ हो, कविता लेख्छ । कस्तो बेलामा कविता लेख्छ ? अर्थात कविलाई कुन बेलामा कविता फुर्छ ? यो चाहिँ अलिक दार्शनिक र गाह्रो प्रश्न हो । किनभने सबै कविलाई एउटै समय या अवस्थामा कविता फुर्दैन होला । तर कवित्व नभएको व्यक्तिले पनि दिन सक्ने एउटा सामान्य जवाफ के हो भने देशमा बेथिति, बिसंगति, अराजकता, अन्याय, अत्याचार, भ्रष्टाचार, दुःख, पीडा, व्यथा, महामारी, छटपटी यस्तो बेलामा कविलाई अरु बेलामा भन्दा अलिक बढी नै कविता फुर्छहोला । हो, यस्तै बेलामा कविता फुर्ने नेपालका एकजना कवि हुन्, अर्जुन पराजुली ।

पराजुली भनेपछि विसं २०६२,६३ मा चर्किएको जनआन्दोलनको स्मरण जोकोही नेपालीलाई पनि आउँछ । त्यसताका उनले रत्नपार्कमा बाचन गर्ने कविताको व्यंग बाँणले नारयणहिटी दरबारसम्म प्रहार गथ्र्याे र यसले राजाका आसेपासेहरुलाई खुबै रन्का छुटाउँथ्यो । अनि आन्दोलनकारीलाई बुरुक बुरुक उमाल्थ्यो । त्यसपछि त आन्दोलनमा सहभागी हुनभन्दा पनि हेर्न गएका मानिसलाई समेत नारा जुलुशमा होमिन हौसाउँथ्यो । 

यतिखेर पनि देशमा महामारी छ र त्यो भन्दा ठूलो त्रास सरकारबाट सिर्जित छ । जनता महामारीबाट भन्दा पनि सरकारको ज्यादतिबाट तर्सिएका छन् । न जनताको साथमा रोजीरोटी छ र नत घरमा खाने अन्न नै छ । आहत छन् जनता । तर सरकारका तर्फबाट कुनै राहत छैन । यतिमात्र होइन दिनदिनैका भ्रष्टाचार, जनतामाथिका ज्यादतिका समाचारले भोको जनतालाई थप निराश बनाएको छ ।

झन् अहिले गरिब किसानले धान पसाउने बेलासम्म मल नपाएर पाएको सास्तीको झन् कुरै भएन । एकातिर सरकार घरमै बस्नु भनेर कर्फु ठोकेको छ अर्कातर्फ किसानको मल खोज्ने लाइनले कोरोनालाई जिस्काएको छ । फेरि एउटा निकायले मचिछन्द्रनाथको रथ तान्न दिन्छ अर्काेले पुलिस पठाएर हान्न लगाउँछ । यी यस्तै बैराग र बेथितिमा कवि पराजुलीले आफ्नो सामाजिक सञ्जालमा पोष्टेका केही व्यंग्य कविताहरु हामीले यहाँ राखेका छौँ ।       

सरकार छैन भनौँ, 
कर्फु छ !
सरकार छ भनौँ, 
कर्फुबाहेक केही छैन !! 

मल छ भनौं
जनताको खेतमा मल छैन ! 
मल छैन भनौं
सरकारको दिमागमा
मलबाहेक केही छैन !!

बहादुरका सन्तान हौं लडेर खान्छौं
कोरोनाको काँधमा चढेर खान्छौं
डढेलो लाग्यो, लागोस् जमिनमा
तर हामी
ज्यानमा हेलिकप्टर जडेर खान्छौं

मेरो बस्तीमा
बाढी लागेन
पहिरो लागेन
आगो लागेन
कोरोना लागेन
तर के गर्नु हजुर
सरकार लाग्यो 

मान्छे अस्पतालमा पहिल्यै मर्छ
रिपोर्ट पछि आउँदै गर्छ
रिपोर्ट आउन्जेल त पर्खिनु नि !
सरकारलाई कस्तो अप्ठेरो पर्छ !!

निकाल 
डाक्टरलाई निकाल
नर्सहरुलाई निकाल
घरबाट निकाल
अस्पतालबाट निकाल
देशैबाट निकाल
उनीहरुलाई ननिकाल्ने हो भने 
तिमीहरुको ज्यान जोगिने खतरा छ !!