२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर फुटसलमा दोहोरो उपाधिनजिक



अ+ अ-

काठमाडौं: आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ । एक्सेल्सियर यु–१४ र यु–११ उमेरसमूहमा फाइनल पुगेको हो ।

यु–१४ मा एक्सेल्सियर ‘नीलो’ ले आफ्नै ‘रातो’ टोलीलाई ३–२ गोलले पराजित ग-यो । विजेताका साहिलराज थापा, निर्माण घिमिरे र कृष पाण्डेले समान १–१ गोल गरे । एक्सेल्सियर ‘रातो’ का आयाज गोलेले १ गोल फर्काए भने बाँकी गोल आत्माघाती थियो । फाइनलमा एक्सेल्सियर ‘नीलो’ को भेट विद्यावाणी पाठशालासंग हुनेछ । विद्यावाणीले काठमाडौं लिङकनलाई २–० गोलले हरायो । विद्यावाणीका प्रज्ज्वल गौतमले दुवै गोल गरे ।

यु–११ मा एक्सेल्सियरले राई स्कुललाई १–० गोलले पाखा लगायो । ओजस पाठकले निर्णायक गोल गरे । एक्सेल्सियरले उपाधिका लागि स्वस्तिश्री गुरुकुलको सामना गर्ने छ । स्वस्तिश्रीले न्यु जेनिथलाई ३–१ गोलले पाखा लगायो । स्वस्तिश्रीका प्रसिन कोइरालाले १ गोल गरे । बाँकी २ गोल आत्माघाती रह्यो । न्यु जेनिथका प्रजेश श्रेष्ठले १ गोल गरे ।

यु–१६ मा बोधीसत्व र रिब्सले उपाधि भिडन्त पक्का गरे । बोधीसत्वले स्वस्तिश्रीको चुनौती ४–२ गोलले समाप्त पा¥यो । बोधीसत्वका लाक्पा तामाङले २ तथा निमेश तामाङ र शान्ता तामाङले समान १–१ गोल गरे । स्वस्तिश्रीका दीप खत्री र भैभव ताम्राकारले गोल गरे ।

रिब्सले निःसर्ग वाटिकामाथि ३–१ को जित दर्ता ग¥यो । रिब्सका रिसन लामाले २ र आर्यन केसीले १ गोल गरे । निःसर्ग वाटिकाका अक्सिनदास श्रेष्ठले सान्त्वना गोल गरे । यु–९ मा संस्कृतिले एक्सेल्सियरलाई २–१ तथा राई स्कुलले काभ्यालाई २–१ गोल निराश पार्दै फाइनलमा स्थान पक्का गरे ।

बास्केटबल:

एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक स्कुलले एक्सेल्सियरलाई ५०–३१ तथा भ्याली भ्युले एलआरआईलाई ६१–२५ ले पराजित गर्दै फाइनलमा पुगे । रेडियन्टका सुशनराज न्यौपानेले १७ तथा भ्याली भ्युका गणेशबहादुर विष्टले २९ अंक जोडे ।

सिनियर गल्र्समा रिब्सले रेडियन्ट पब्लिकलाई ३१–२७ तथा स्वर्णिमले एक्सेल्सियरलाई १६–१० ले हराउदै फाइनल यात्रा तय गरे । रिब्सका निमिशा धामीले १५ तथा स्वर्णिमकी नितिशा महर्जनले १२ स्कोर गरे ।