२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दिनसम्म होम आइसोलेसनमा बसेका ७६ वर्षीय वृद्धको मृत्यु



अ+ अ-

मोरङ । बिराटनगरमा ७६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । ११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए ।कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत बिराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।

शनिबार राति मात्रै उनलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे उनको मृत्यु भएको हो ।