२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा फुड्समा कार्यरत २५ जना सहित पोखरामा ३१, गण्डकीमा ६७ कोरोना सङ्क्रमित थपिए



अ+ अ-

पोखरा। पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.लि. मा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान पोखरामा थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएका मध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन ।

त्यसैगरी पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चार जना मध्ये २६ र २३ बर्षका दुई जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन भने ३६ र २७ बर्षका दुई जना महिला सहयोगी कर्मचारी रहेका स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यसैगरी पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत दुई जनामा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीका ३१ जना, नवलपरासी पुर्वका १५ जना, गोरखाका १८ जना र तनहुँमा तीन जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको छ ।