२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली युवाले युनानसँग प्रतिष्पर्धात्मक फुटबल खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली युवा फुटबल टोलीले चीनको युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा जित्नका लागि खेल्ने बताएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालीको युवा टोली र चीनको युनान प्रान्तबीच शनिवार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा डिफेन्डर सिमान्त थापामगरले नेपाली टोलीको नेतृत्व गर्दैछन् ।

खेलअघि शुक्रवार आयोजना भएको पत्रकार सम्मेलनमा सिमान्तलाई कप्तान घोषणा गरिएको हो । नेपाली टोलीको प्रशिक्षकमा राजेश शाही छन् । उक्त मैत्रीपूर्ण खेलमा यसपल्ट पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो भेटमा भने नेपालले पाहुना टोलीमाथि ५–१ को जित निकालेको थियो । यद्यपि, यसपल्ट दर्शकले प्रतिष्पर्धा खेल हेर्न पाउने युनान युथ टोलीले विश्वास व्यक्त गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि चिनियाँ दुतावासले यसपल्ट राम्रो टोली नेपाल आएको उल्लेख गरिसकेको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उमेरसमूहका ४५ खेलाडीको बन्द प्रशिक्षणबाट युवा टोली घोषणा गरेको हो । जसको नेतृत्व पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका सीमान्तले गर्ने भएका छन् ।

यसअघि सन् २०२२ मा श्रीलंकामा भएको साफ यु–१७ च्याम्पियनसिपमा नियमित कप्तान प्रशान्त लक्षम अनुपस्थित हुँदा सीमान्तले नै कप्तानी जिम्मेवारी निर्वाह गरेका थिए । सिमान्तले गत वर्ष घरेलु मैदानमै भएको साफ यु–२० च्याम्पियनसिप पनि खेलेका थिए । उनले एएफसी यु–२० कप छनोटमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

उक्त मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शनिवार दिउँसो २ः३० मा शुरु हुनेछ । यो मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक राजेश शाहीले गत मंगलवार २३ सदस्यीय युवा टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीमा तीन गोलकिपरः जियारथ शेख, कृषल मोक्तान, विशाल केसी तथा डिफेन्डरमा सिमान्त थापामगर (कप्तान), सविन घिमिरे, राम थापा, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ छन् ।

मिडफिल्डरमा सरोज दार्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश बम, सविन लुङ्गेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर तथा फरवाडर्माः निराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, श्यरब लो तामाङ र विज्ञान खड्का छन् ।




भर्खरै