तोकिएको समयमा मल आउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले क्षमा माग्दै दुःख व्यक्त गर्नुभएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूसालले समयमै मल ल्याउन नसकिएको भन्दै दुःख व्यक्त गर्नुभएको हो । उहाँले आगामL दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारबाही गरिएको समेत बताउनुभयो । प्रस्तुत छ उहाँकाे भनाइकाे भिडियाे ।
भिडियाे स्राेतः न्यूज एजेन्सी नेपाल












