२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा मेयरको घाँटी काट्ने चेतावनी दिने संजय शाक्य पक्राउ



अ+ अ-

काठमाडौ ।  ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको घांटी रेट्ने चेतावनी दिएका व्यक्ति पक्राउ परेका छन् ।  

बिहीबार रातो  मच्छिन्द्रनाथको  रथयात्रा गर्ने क्रममा  सुरक्षाकर्मीसँग झडप भएपछि  स्थानीय संजय शाक्यले  महानगरपालिका प्रमुखको घांटी रेटीदिन्छु भनी  सञ्चार माध्यममा अन्तर्वार्ता दिएका थिए । 

रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा पुल्चोकमा  ढुङ्गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत घांटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो ।  

आइतबार दिउँसो  लुकिरहेको अवस्थामा ललितपुरको कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर,ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।