काठमाडौ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको घांटी रेट्ने चेतावनी दिएका व्यक्ति पक्राउ परेका छन् ।
बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएपछि स्थानीय संजय शाक्यले महानगरपालिका प्रमुखको घांटी रेटीदिन्छु भनी सञ्चार माध्यममा अन्तर्वार्ता दिएका थिए ।
रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा पुल्चोकमा ढुङ्गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत घांटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो ।
आइतबार दिउँसो लुकिरहेको अवस्थामा ललितपुरको कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर,ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।












