२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल र एट्लेटिको दुबै बराबरीमा रोकिए



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शीर्ष दुईका दुबै क्लब बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाँडेका हुन् ।

रियल मड्रिड ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिँदा अर्को मड्रिड क्लब एट्लेटिकोले घरेलु मैदानमा सेल्टा भिगोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।

ओसासुनाको घरेलु मैदानमा अग्रता भने रियलले लिएको थियो । खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा रियल १० खेलाडीमा समेटियो । जुड बेलिङहम रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

५८ औं मिनेटमा आन्टे बुदिमिरले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि गोल हुन सकेन र दुबैले अंक बाँडे ।

यस्तै, एट्लेटिकोले घरेलु मैदानमा अंक बाड्यो । खेलको सातौं मिनेटमा नै पाब्लो बारिओसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।

६८ औं मिनेटमा लागो आसपासले पेनाल्टीमा गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाए । ८१ औं मिनेटमा अलेक्जान्डर सोरीओठले गोल गर्दै एट्लेटिकोको हार टारे ।

यो नतिजासँगै रियल २४ खेलबाट ५१ अंकका साथ शीर्षस्थानमा छ । एट्लेटिको ५० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ४८ अंकका साथ तेस्रो स्थानमा छ ।