काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले बर्तमान सबिधान एक कार्यकाल पनि नटिक्ने दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको रिक्त एक सदस्यपदमा पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई पठाउने पार्टीको निर्णय पछि समाजिक संञ्जाल मार्फत नेता नेपालले यस्तो टिप्पणी गर्नुभएको हो ।
नेता नेपालले लेख्नुभएको छ –वामदेव गौतम र नारायण काजी राष्ट्रिय सभामा जानु भयो। त्यो बुढाबुढीकै मंच हो। ब्यथा त संविधानको भो। जनताले बनाएको भनिएको संविधान एक कार्यकाल पनि नटिक्ने भो।
बामदेब गौतम बर्दिया बाट र नारायणकाजी श्रेष्ठ गोरखाबाट प्रतिनिधी सभाको निर्बाचनमा पराजित भएपछि जनमतको अपमान गर्दे राष्ट्रिय सभाका सदस्यमा मनोनित हुनु भएको हो । नेता नेपालले संबिधानको मर्म बिपरितको कार्य भएको भन्दे राष्ट्रियसभा बृद्धाश्रम भएको टिप्पणी गर्नुभयो ।












