काठमाडौ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा सरकार बाट बाध्यात्मक रुपमा बाहिरिएपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले भाबुक टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत रिमालले भन्नु भएको छ –भन्नेको मुख क़सले पो थुन्न सक्छ र डा साप,अर्थमन्त्रीको रुपमा तपाईंको अढ़ाई बर्षे कार्यकाल,पूर्णरुपमा सफल रह्यो,हार्दिक बधाई।
रिमाले लेख्नु भएको छ –नेपाली अर्थतन्त्रको रक्षा र विकासमा तपाईंका योगदानको नतीजा भोलिका दिनहरुमा देखिने छ।जुनसुकै ह्याटमा किन नहोस, सदा झैं हाम्रो यात्रा साथसाथ रहनेछ । खतिवडा गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद नभएपनि सबैधानीक प्राबधान अनुसार थप ६ महिना मन्त्री बन्नु भएको थियो ।












