काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले शुक्रबार साँझ बिदाइ भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा भएको बिदाई भेटवार्तामा नेपाल अष्ट्रेलिया सम्बन्ध, सहयोग तथा साझेदारीका बिषयमा समेत छलफल भएको थियो ।
भेटमा राजदुत बडले नेपाल बसाई निकै सुखद रहेको जानकारी गराउनु भएको थियो ।












