२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यलयसँगै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको छ ।

शुक्रबार नै पदावधि सकिएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उहाँले सम्हाल्दै आउनु भएको  मन्त्रालयको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले नै सम्हाल्ने  तोक्नु भएको हो । 

राष्ट्रियसभाको दुई बर्षे कार्यकाल सकिएपछि गैर सांसदका रुपमा ६ महिना दुई मन्त्रालय सम्हाल्नु भएका मन्त्री खतिवडाको पदावधि सकिएपछि  दुई  मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले लिनु भएको हो । 

यस अघि शुक्रबार नै  बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओली रिक्त रहेका तीन मन्त्रालयका  मन्त्री नियुक्त हुने भन्दै अरु मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न निर्देशन दिनु भएको थियो ।  

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री डा युवराज खतिवडाले दिनुभएकाे राजीनामा स्वीकृत गर्नु भएकाे छ ।