२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई ‘आफ्नो जोहो आफैं गर’ भन्नेजस्ता नीतिहरु सरकारले ल्याउनु हुँदैन



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी विधेयकले प्रदेश प्रहरी सेवाको गठन र सेवा संचालनको बाटो खुल्ने सांसदरुले बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनीहरुले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा सहभागि हुँदै उनीहरुले यस्तो बताएका हुन् ।

विधेयकले प्रहरीले भोग्दै आएका कानूनी जटिलताहरुलाई समाधान गर्ने उनीहरुको विश्वास छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन र एकीकृत गर्न आएको विधेयकको स्वागत गर्दै सरकारलाई धन्यावाद दिनुभयो । उहाँले लामो समयसम्म पनि प्रहरीसम्बन्धी कानून नबन्दा नियमावलीहरुलाई आफूअनुकुल संशोधन गर्ने प्रवृत्तिको विकास भएको उहाँको भनाइ छ । विधेयकका कतिपय दफाहरुमा संशोधन गर्नुपर्ने भएपनि संसदीय समितिमा छलफलका क्रममा आवश्यक छलफल गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न तथा एकीकरण गर्न बनेको विधेयक २०१२ सालपछि कानून बन्ने क्रममा आएको छ । २०१२ सालछि अहिलेसम्म नेपाल प्रहरीले नियमावलीकै साहारा लिएर आफ्नो काम चलाउँदै आएको थियो । यो नियमावलीहरु बारम्बार परिवर्तन भइराख्ने, संशोधन भइराख्ने र कतिपय अवस्थामा त सरकारको आफ्नो अनुकुलताअनुसार परिवर्तन गरेर जाने प्रवृतिको पनि विकास भएको थियो । जसका कारण प्रहरी निकायमा अनियमितताको अभाव खड्किराखेको थियो । त्यो अवस्थामा जुन ढंगले यो विधेयक एकीकृत रुपमा आएको छ । र यो विधेयक ल्याउनुभएकोमा माननीय गृहमन्त्रीज्युलाई धन्यावाद समेत दिन चाहन्छु । यस विधेयकका कतिपय विषयहरुमा असहमति पनि होलान । कतिपय दफाहरुमा हामीलाई संशोधनको आवश्यकता पनि महशुस भएको होला । ति विषयमा हामी भोलिको दिनमा समितिमा गएर आवश्यक छलफल गर्ने नै छौं । तर जुन विधेयक वर्तमान गृहमन्त्रीज्यूले प्रश्तुत गर्नुभएको छ त्यो चाँही एकदमै सराहना गर्नुपर्ने विषय छ । अब प्रहरी समायोजनका विषयहरु, प्रदेश प्रहरीका कानूनहरु बन्न पनि बाटो खुलेको छ ।’

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संविधानले संघ र प्रदेशका आफ्नै प्रहरीको व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले प्रहरी विधेयकले प्रदेशहरुलाई आफनै प्रहरी बनाउन सहज वातावरण तयार गर्ने बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रही विधेयक संघीयता कार्यान्वयनसँग समेत जोडिएको विषय भएको उल्लेख गर्दै यो विधेयक अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीले राष्ट्रको आन्तरिक सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन लगायतका काममा महत्वपूर्ण काम गर्दै आएको बताउनु भयो । नेपालको ऐतिहासिक कालखण्डमा प्रहरीले खेलेको भुमिकालाई नजरअन्दाज गर्न नपाइने उहाँको भनाइ छ । उहाँले विधेयकका थुप्रै पक्षहरुमा समर्थन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा संघमा पनि प्रहरीको व्यवस्था गरेको छ र प्रदेशमा पनि प्रदेश प्रहरीको व्यवस्था गरेको छ । यो विधेयकले प्रदेशमा पनि अब प्रहरी सेवा गठन, संचालनको व्यवस्थापनको बाटो खोल्नेछ । त्यसकारणले संघीयता कार्यान्वयनसँग पनि जोडिएको विषय भएको हुनाले यो विधेयक अत्यन्तै महत्वपूर्ण छ । विधेयक ल्याएकोमा मन्त्रीज्यु र नेपाल सरकारलाई धन्यावाद दिन चाहान्छु । नेपाल प्रहरी राष्ट्रको आन्तरिक सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन लगायतका काममा यो संगठन निरन्तर रुपमा क्रियाशील हुँदै आएको छ । यसले नेपालका ऐतिहासिक कालखण्डमा महत्वपूर्ण भूमिका खेलेको छ । म त्यसको प्रसंशा गर्दछु । खासगरि अपराध नियन्त्रणमा नेपाल प्रहरलिे अन्तर्राष्ट्रियस्तरको योग्यता क्षमता समेत प्रकट गर्दै आएको हामी सबैलाई स्मरण नै छ । विभिन्न कालखण्डमा भएका द्वन्द्वहरुमा नेपाल प्रहरीले खेलेको भुमिकालाई हामीले अजरअन्दाज गर्न हुँदैन । यो विधेयकका थुप्रै पक्षहरुको म समर्थन गर्दछु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा।चन्दा कार्की भण्डारीले नेपाल प्रहरी नागरिकको सुरक्षा, कानूनी शासन र शान्तीको आधार भएको बताउनु भयो । उहाँले नागरिकले प्रहरी देख्दा राज्यको उपस्थिति महशुस गर्ने भएको कारण यसलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो । नेपाल प्रहरी आजको दिनमा संकटमा रहेको उहाँको तर्क छ । उहाँले नेपाल प्रहरीसँग प्रयाप्त स्रोत र प्रविधिको अभाव भएको कारण परिस्कृत हुँदै गएको अपराधहरु समाधान गर्न सकिनरहेको बताउनु भया । उहाँले नेपाल प्रहरीलाई अझै सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । राज्यले तलवभत्ता र पूर्वाधार अभावले प्रहरीलाई समस्यामा पार्न नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रहरी भनेको नेपाली नागरिक सुरक्षा, राज्यको कानूनी शासन र शान्तीको आधार हो । प्रहरीलाई देख्दा नागरिकले राहतको महशुस गर्छन् किनभने प्रहरीको उपस्थिति भनेको राज्यको उपस्थिति हो । तर दुर्भाग्यवस प्रहरी आज आफैं संकटमा छ । न आधुनिक प्रविधि छ न प्रयाप्त स्रोत साधन नै । आजको युग प्रविधिको युग हो । अपराधहरु पनि प्रविधिसँगै परिस्कृत हुँदैछन् । तर हाम्रो प्रहरी पुरानै संरचना र सिमित स्रोत साधनमा अड्केको छ । यदि हामी एक्काइसौँ शताब्दीको प्रहरी चाहान्छौं भने प्रहरी अनुसन्धानमा लगानी गरेर प्रहरीलाई अझै सशक्त बनाउनुपर्छ । सभामुख महोदय यो केवल प्रहरी सुधारको कुरा मात्र होइन । यो राज्यको सम्मान र गरिमा बचाउने अभियान पनि हो । प्रहरी सेवा पूर्ण रुपमा राज्यको जिम्मेवारीमा हुनुपर्दछ । तलब भत्ता र पूर्वाधारको अभावले प्रहरीलाई समस्या पार्न हुन्न । आफ्नो जोहो आफैं गर भन्नेजस्ता नीतिहरु ल्याउनु हुँदैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही प्रहरी अधिकारीहरुलाई राज्यले सौतेनी आमाका छोराको जस्तो व्यवहार गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले डिएसपी भइसकेका प्रहरी कर्मचारीलाई नईन्सपेक्टरको तालिम गर भन्ने गरेको उहाँको टिप्पणी छ । संगठनभित्र कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने उहाँको भनाइ छ ।
प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाली प्रहरी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भन्न प्रश्ताव राख्नुभएको थियो । अब उक्त विधेयक थप छलफलका लागि संसदीय समितिमा पठाइनेछ ।