२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्टपोललाई लोयल्टी कप



अ+ अ-

काठमाडौं। इस्टपोलले १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । लिटिल एन्जल्स २०७४, २०७५ र २०७६ सालमा भएको प्रतियोगिताको उपाधि विजेता हो ।

निर्धारित समयमा आत्मघाती गोलमा इस्पोटले १–० गोलको सुरुआती अग्रता लिएको थियो । लिटिल एन्जल्सका आयुश थापाले गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे । लिटिल एन्जल्सबाट विज्ञानराज भण्डारी मात्र गोल गर्न सफल भए ।

प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट फर्वाड, चेल्सी वल्र्ड स्कुलका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लोयल्टीका उसुम थापा उत्कृष्ट मिडफिल्डर, इस्टपोलका विवस थिङ उत्कृष्ट गोलरक्षक र इस्टपोलका सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिता अवधिभर १४ गोल गरेका लिटिल एन्जल्सका आयुश थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । गेट्वे एकेडेमीले उनुशासित टिमको ट्रफी हात पार्यो । विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, लोयल्टी विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्वाङ, लोयल्टी भाइस प्रिन्सिपल हरि दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जनाएका छन् ।




भर्खरै