बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का उनको आज बिहान मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको हो ।
संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा। गौतमले जानकारी दिए ।












