२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबारे प्रतिपक्षि दलहरुले बेकारको बखेडा झिके, संविधानबाटै यो व्यवस्था खारेज गरौँः सांसद घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताउनु भयो । उहाँले आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताउनु भयो । उहाँले उहाँले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहश्रले प्रश्न गर्ने गरेको उल्लेख गर्दै बिग्रियो अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले यदि विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रश्ताव राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक उदारीकरणको क्षेत्रमा, निजी क्षेत्रलाई आर्थिक उत्पादनको क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ भन्ने विषयमा, विश्व बजारीकरणका विषयमा लगभग यो संसदभित्र एकदुई जनाबाहेक सबैको सहमति भएको मैले पाएको छु । भाषण गर्दा त्यही बोल्नुहुन्छ, संसदको राष्ट्रममा उभिएर पनि त्यही बोल्नुहुन्छ । अध्यादेश ल्याउँदा बिग्रियो चाहीँ के? अनि यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत चाँही किन पर्यो ? कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाउँ । त्यो पनि सहमतिबाटै गरौं । संविधान संशोधनको विषय उठि नै रहेको छ । अध्यादेश ल्याउने कुरा संविधानबाट हटाउँ । त्यो पनि हुनसक्छ । होइन भने अध्यादेश किन ल्याउने भन्ने कुरा मत संविधानमै स्पष्ट उल्लेख गरेको छ । संसद छलेर अध्यादेश ल्याइयो भनियो । कँही संसद छलेर कानून बन्छ रु संसदमै आउने होइन । यस्ता विषयमा बेकारको बखेडा झिक्नुपर्ने अवश्यकता छ जस्तो मलाई लाग्दैन ।’

प्रतिपक्षी दलहरुले संसद छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उहाँले संसद छलेर कानून नबन्ने स्पष्ट पार्नुभयो । अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उहाँको भनाइ छ ।