२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिसा घटनामा प्रभावित विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओडिसा राज्य ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्रय संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाउनुभएको छ । उहाँले सोमवार संसद खुल्ने बित्तिकै परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए विद्यार्थीको बिच्चली हुने स्थिति सिर्जना हुन नपाउने उल्लेख गर्दै यस्ता विषयमा संसद अझै गम्भिर बन्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ओडिसामा नेपाली विद्यार्थीमाथि दुव्र्यवहारको श्रृंखला नै चल्यो । पहिलो विज्ञप्ती त सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई विश्विद्यालय छोडेर देश फर्क भनेर समेत आयो । त्यसैले त्यहाँ समय समयको महत्व थियो । हामीले यो विषयमा हिजो संसद खुल्नासाथ परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए सयौं विद्यार्थीहरुको बिच्चली हुने थिएन । पछि सच्चिदै गयो । विद्यार्थीहरुलाई फर्किन आह्वान समेत गरियो । तर कतिपय समयमा पलपलको महत्व हुँदो रहेछ । यस्तो बेलामा संसदले विषेश संवेदनशीलता देखाउनुपर्ने विषय रहन्छ । यस विषयमा कतै न कतै हामीले यसको निदान त खोज्नैपर्छ । तर समग्रमा परराष्ट्र संयन्त्र ढिलामात्र परिचालन भयो । अब त्यस घटनाको सत्यतथ्य छानविनको लागि भारत सरकारलाई कुटनीतिक च्यानेलमार्फत भन्नुपर्ने हुन्छ । विद्यार्थीहरुको भौतिक र शैक्षिक सुरक्षा अझै पनि महत्वपूर्ण छ । त्यसको प्रत्याभूति पनि हामीले खोज्नुपर्ने छ । र न्याय र क्षतिपूर्तिका कुराहरु पनि रहेका कारण हामीले निरन्तर कुटनीतिक पहल गर्नुपर्यो । र हामीले विज्ञप्ति जारी गर्दैमा जिम्मेवारी फत्ते भयो भन्ने छुट छैन ।’

उहाँले विज्ञप्ती जारी गर्दैमा सरोकारवाला निकायको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै न्याय र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत सरकारसँग माग गर्नुभयो ।