२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बोस्ड नम्बर प्लेटका सम्बन्धमा सर्वोच्चको फैसलाको साहित्य संस्थाबाट विरोध



अ+ अ-

काठमाडौें । नेपाली भाषा र साहित्यका क्षेत्रमा काम गर्दै संस्था अलंकार प्रतिष्ठानले नेपाली भाषा बचाउने अभियानमा लाग्न सबै भषा प्रेमीहरुलाई आव्हान गरेके छ । सवारी साधनमा राखिने एम्बोस्ड नम्बर प्लेटका सम्बन्धमा सर्वोच्च अदालते गरेको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिष्ठानले त्यस्तो फैसला शीघ्रातिशीघ्र खारेज गर्न माग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष भारती न्यौपाने दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएका छ ‘समयसमयमा सरकार तथा मर्यादित न्यायायलबाटै कपटपूर्ण रूपमा हुने गरेको नेपाली भाषामाथिको सोझो हस्तक्षेप अत्यन्त निन्दनीय र अमर्यादित छ । यस्तो हस्तक्षेप हामी भाषाप्रेमीहरू कसैलाई कहिल्यै पनि स्वीकार्य छैन । यसर्थ सम्बन्धित निकायले यसप्रति छिटोभन्दा छिटो प्रभावकारी कदम चाल्न नसके हामी भाषाप्रेमी जस्तोसुकै कदम चाल्न पनि पछि हट्ने छैनौं ।’

प्रतिष्ठानले ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ले गर्ने निर्णयलाई शिरोपर गरी नेपाली भाषा बचाउने अभियानमा लाग्ने पनि जनाएको छ । नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनेर संविधानमा उल्लेख गरे पनि बेलाबेलामा नेपाली भाषालाई मास्ने षड्यन्त्र सरकारी निकायबाटै भएको प्रतिष्ठानको भनाई छ । ‘न्यायको खोल ओढेर भाषा मास्न लागिपरेका न्यायालयका भ्रष्टाचारीहरूको  यो कदमको हामी घोर भत्र्सना गर्छौँ ।’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।