२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत्स्येन्द्रनाथको रथयात्रा: विवादबीच नगर क्षेत्रभित्र कर्फ्यु



अ+ अ-

ललितपुरः  रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हाे ।

खलः पुचःले रथ नतान्ने

यसैबीच, रातो मच्छिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वको खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ।

बिहीबार दिउँसो रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्ने भएका हुन्।

 कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको रथजात्रा सुरु नभएपछि केन्द्रीय गुठी संस्थान र ललितपुर महानगरभित्रका नेवार समुदायका १९ जातीय प्रतिनिधित्व रहेको खलःपुचको बैठक बसेको छ।

ज्यापु समाजका युवा तथा श्रम विभाग प्रमुख किरण डंगोलले गुठी संस्थान र ललितपुर महानगरभित्रका १९ जतीय खलःपुचको बैठक बसिरहेको र सोको निर्णय अनुसार नै रथ जात्रा तानिने बताए।