२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी एमसीसीको सहायता पनि रोकियो



अ+ अ-

काठमाडाैंः अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु रोक्का गरेको यही फागुन २ गतेको इ-मेल पत्रमार्फत् जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको सहायता स्थगन सम्बन्धी कार्यकारी आदेशानुसार रकम रोकिएको पनि अर्थ मन्त्रालयले सम्बन्धित सरोकारवालालाइ जानकारी दिएको छ । एमसीसी मार्फत नेपालका विद्युत ट्रान्समिसन लाइन, सब स्टेसन र सडक पूर्वाधार निर्माण भइरहेका छन् । अमेरिकी सहायता रोकिएसँगै निर्माणाधीन परियोजनाका बारेमा अन्योल उत्पन्न भएको छ ।

एमसीसी मार्फत नेपालले करिब ५०० मिलियन अमेरिकी डलर अनुदान प्राप्त हुने सम्झाैता थियो । नेपालको संसदमा लामो बहस, छलफल र विरोधबीच अनुदान सम्झाैतामा हस्ताक्षर भएको थियो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै अमेरिकी सहयोग नियोग (युएसएड) को मुख्यालय सहित सबै देशमा प्रदान गरिने सहायता रोक्का भइसकेको छ ।