२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबड्डी टोली बंगलादेश प्रस्थान



अ+ अ-

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष कबड्डी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । फेब्रुअरी १८ देखि २८ तारिखसम्म हुने बंगलादेश विरुद्ध ५ खेलको श्रृंखला खेल्न १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो ।

खेलाडीमा प्रमोदकुमार श्रेष्ठ, घनश्याम रोका मगर, सुशिल चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिशकुमार कुर्मी, सुरज बोहरा, सोहेल इस्लाम, सविन बोहाजु, रामु टमाटा, गणेश पार्की र भुवन बोहरा रहेका छन् ।

प्रशिक्षकमा लोकबहादुर विष्ट, व्यवस्थापकमा खेमराज चम्लागाईं तथा अफिसियलमा निराजन श्रेष्ठ र नवराज श्रेष्ठ छन् । टोलीलाई सफलतको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

उक्त बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई सुझाएका छन् । सदस्यसचिव घिसिङले जसरी पनि मिसन– २०२६ को एसियन गेम्समा पदक ल्याउन यो अभ्यास खेल महत्वपूर्ण पाइला हुन सक्ने धारणा व्यक्त गरे । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधारमा मिसन २०२६ मा समावेश गरिएको बताए ।




भर्खरै