२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री थापा राहत सामग्री बोकेर बागलुङतर्फ प्रस्थान



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री बोकेर बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ प्रस्थान गरेका छन् । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका जानकारी अनुसार पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेका छन् । 

गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।

ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।