२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु



अ+ अ-

बुटवल । प्युठानका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको बुटवलमा मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का उनको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो । अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

मुटु अस्पतालमा आउनुअघि उनले भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका अध्यक्ष आलमले जानकारी दिए । मुटु अस्पतालमा अर्का एकजना कोरोना संक्रमित पनि उपचाररत रहेका उनले बताए ।

स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले नगरपालिकाको वडा नं। ७ का ५८ वर्षीय पुरुषको मुटु अस्पतालमा मृत्यु भएको पुष्टी गर्दै नगरपालिकाका कोरोना संक्रमितको मृत्यु हुने संख्या २ पुगेको बताए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।