काठमाण्डौ । वीर अस्पतालमा कार्यरत ७१ जना चिकित्सक र नर्स कोरोना संक्रमित भएका छन् । ७१ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि बुधबार र बिहीबारका लागि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।
कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीहरुलाई जमलमा रहको होटल एल्लो प्यागोडामा राखिने भएको छ । कोरोना संक्रमण सुरु भएपछि एकै पटकमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएका हुन् ।












