२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपको तयारी पूरा, बुफोन पनि आउने



अ+ अ-

काठमाडौँ । फागुन ११ गतेदेखि शुरु हुने केपी टोली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

फागुन १९ गतेसम्म हुने प्रतियोगितामा पछिल्ला दुई संस्करणको च्याम्पियन मछिन्द्र क्लव, एपिएफ, नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव, न्युरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

दुई विदेशी टोलीमध्ये ब्ल्याक बुल्सले केही हप्ताअगाडि मात्र सम्पन्न आहा रारा फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

केपी ओली कपका खेलहरू सातदोबाटो एन्फा कम्प्लेक्स र फाइनल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीले समान ५० हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र पाउनेछन् ।

हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अवधिमा इटालीका विश्वकप च्याम्पियन जियानलुइजी बुफोन पनि आउने आयोजकले जनाएको छ । यस्तै, कलाकारहरु कुमा सागर, पूर्ण राईलगायतले प्रस्तुति दिनेछन् ।




भर्खरै