२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेस्ट ग्रुपलाई अर्किड कप



अ+ अ-

काठमाडौं। बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भएको फाइनलमा बेस्ट ग्रुपले हिलारीलाई टाइब्रकेरमा ३–१ गेलले पराजित ग¥यो । निर्धारित ५० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । हाइली क्रिएटिभले ग्रिनविच एकेडेमीलाई २–१ गोलले हराउदै तेश्रो भयो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पारे । चौथो स्थानको ग्रिनविचले १० हजार नगद पुरस्कार पायो । प्रतियोगितामा बेस्ट ग्रुपका अभिषेक खड्गी उत्कृष्ट खेलाडी तथा हाइली क्रिएटिभका सिद्धार्थ सुवेदी उदीयमान खेलाडी घोषित भए ।

बेस्ट ग्रुपका सुशान्त गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका हिलारीका प्रितम यादव सर्वाधिक गोलकर्ता बने ।विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, एनप्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष कैलाश कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेका थिए ।