२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा कोरोनाबाट ६५ वर्षीय पुरुषको मृत्यु



अ+ अ-

सिरहा । सिरहामा ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक मिर्चैया नगरपालिका–६ का रहेको जनाइएको छ । भदौ १० मा उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा सोमबार राति करिब साढे ९ बजे ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जनाए ।

भदौ ९ गते संक्रमण पुष्टि भएका उनलाई स्वाशप्रस्वाशमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यसअघि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गराएका पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान पुगेका उनको अन्तत ज्यान गुमाउनुपरेको छ । 

उनी उच्च रक्तचाप र मधुमेहका विरामी समेत रहेको थियो ।